साउदी अरबमा विदेशीले पनि घरजग्गा किन्न पाउने
काठमाडौं । साउदी अरेबियाले विदशी नागरिक र कम्पनीका लागि घरजग्गा खरिद गर्न अनुमति दिने भएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउदको महत्त्वाकांक्षी परियोजना ‘भिजन २०३०’ को मुख्य बुँदाको रुपमा यसलाई उल्लेख गरिएको छ । यो नियम भने सन् २०२६ को जनवरी १ देखि लागु हुनेछ ।
घरेलु अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले राजकुमार सलमानले ‘भिजन २०३०’ परियोजना ल्याएको बताइन्छ । यो परियोजना अन्तर्गत साउदी नागरिक बाहेकले पनि घर, जग्गा र कृषि जग्गा खरिद गर्न पाउनेछन् । साउदीका रियाद र जेद्दाजस्ता प्रमुख सहरमा यस्तो अनुमति दिइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो निर्णयमार्फत साउदी सरकारले देशमा अन्तर्राष्ट्रिय पुँजी आकर्षित गर्ने आशा राखेको छ । जसले आवासको गुणस्तर त सुधार्नेछ नै, उल्लेखनीय मात्रामा नयाँ रोजगारी पनि सिर्जना गर्नेछ । यो सम्पूर्ण पहल रियल इस्टेट जनरल अथोरिटी (रेगा)द्वारा अनुगमन र व्यवस्थापन गरिएको छ । रेगाले साउदी अरबमा सम्पत्ति खरिद गर्ने प्रक्रियालाई विश्वव्यापी लगानीकर्ताका लागि सुरक्षित र सरल बनाउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण