विश्व
न्युजिल्याण्डको सर्वोच्च शिखरमा दुई पर्वतारोहीको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : २९
काठमाडौं । न्युजिल्याण्डको सबैभन्दा अग्लो आओराकी अर्थात् माउन्ट कूकबाट खसेर दुई जना पर्वतारोहीको मृत्यु भएको छ । दुवैको शव हिमाल आरोहण गर्दा प्रयोग गर्ने डोरीमा अल्झिएको अवस्थामा पाइएको बीबीसीले जनाएको छ ।
मृतकको पहिचान सार्वजनिक भएको छैन । यद्यपि एक जना ख्यातिप्राप्त गाइड भएको जनाइएको छ । उनीहरुको टोलीका अन्य दुई जना घाइते भएका छन् । घाइतेको मंगलबार बिहानै हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आओराकी हिमाल ३ हजार ७२४ मिटर अग्लो छ । प्रतिकूल मौसम र ठुल्ठुला खाल्डाका कारण यो हिमाल आरोहण पोख्त आरोहीका लागि समेत निकै कठिन मानिन्छ । यो हिमाल चढ्ने क्रममा थुप्रै आरोहीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण