अपडेट
रोहितले एकै ओभरमा दुई विकेट लिएपछि धर्मरायो काठमान्डुको ब्याटिङ
मङ्गलबार, ०९ मङ्सिर २०८२, १७ : ०४
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले एकै ओभरमा दुई विकेट लिएपछि काठमान्डु गोर्खाजको ब्याटिङ धर्मराएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुका मिलिन्द कुमार र जोन सिम्सनलाई रोहितले एकै ओभरमा आउट गराए ।
१२औं ओभरको पहिलो बलमा छक्काको सामना गरे पनि दोस्रो र उक्त ओभरको अन्तिम बलमा रोहितले दुवै ब्याटरलाई क्याच आउट गराएका हुन् ।
यसअघि काठमान्डुका आकाश त्रिपाठी, बेन चाल्र्सवर्थ, राशिद खान आउट भएका थिए । आज मिलिन्दले १७ तथा राशिदले १४ रन मात्र बनाउन सके ।
१३औं ओभरको समाप्तिमा काठमान्डुले ५ विकेट गुमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण