९ केजी यार्सागुम्बा र २० लाख नगदसहित दुई जना पक्राउ
मङ्गलबार, ०९ मङ्सिर २०८२, १८ : २४
काठमाडौँ । काठमाडौँको नयाँ बजारबाट प्रहरीले ९ केजी यार्सागुम्बा र २० लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ नागरिक एमए मसु र ३६ वर्षीय नबिला बानु छन् । बानु काठमाडौँ महानगरपालिका–३१ का स्थानीय हुन् ।
आरोपीहरूलाई काठमाडौँ महानगरपालिका–१६ स्थित नयाँ बजारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
प्रहरीले आरोपीहरूको साथबाट २० लाख नगद र ९ केजी ३६० ग्राम यार्सागुम्बा बरामद गरेको छ । उनीहरूको साथबाट १५७ केजी बन लसुन पनि बरामद गरिएको एसपी आचार्यले जानकारी दिए ।
आरोपीहरूलाई बन ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न प्रहरीले डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी र नेपालगन्जमा अत्यधिक गर्मी, काठमाडौँ र पोखरामा वर्षाको सम्भावना सबैभन्दा धेरै
-
रौतहट प्रहरीद्वारा एकै दिनमा २१ जना फरार प्रतिवादी पक्राउ
-
अन्तिम १६ को समीकरण तयार : कसको भिडन्त कोसँग ?
-
तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
-
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३ को मस्यौदा तयार, मन्त्रालयले माग्यो सर्वसाधारणसँग राय
-
१७ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण