लुम्बिनीको कमजोर प्रदर्शन जारी, कप्तान रोहित पनि आउट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १८ : २८
सारांश
- काठमाडौंमा जारी एनपीएल टी-ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले चौथो विकेट गुमायो।
- काठमान्डु गोर्खाजले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहित कुमार पौडेललाई गुमायो।
- लुम्बिनीले १० ओभर नपुग्दै चार विकेट गुमाएको छ, जसमा एक जित र एक हार रहेको छ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहित कुमार पौडेलको रूपमा चौथो विकेट गुमाएको हो ।
रोहितलाई गेहार्ड रसमसले रोहितलाई ११ रनमा क्याच आउट गराएका हुन्, यस क्रममा उनले १६ बलको सामना गरे ।
लगातार विकेट जान थालेपछि लुम्बिनी समस्यामा परेको छ । १० ओभर नपुग्दै महत्त्वपूर्ण चार विकेट गुमाएको लुम्बनीले जारी एनपीएलमा तेस्रो खेल खेल्दै छ । यसअघि एकमा हार तथा एकमा उसले जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण