सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
बुधबार, १० मङ्सिर २०८२, १० : ०८
सारांश
- मन्त्री महावीर पुनले देश विकासका लागि युवाहरूलाई सिंहदरबारको कार्यशैली सुधार्न आग्रह गरे।
- उनले युवा पुस्तालाई फाल्गुन २१ को चुनावमा धेरै युवा नेता जिताउन आग्रह गरे।
- मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी भएको आरोप लगाए।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो । '
मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण