नेकपा एमालेको ११औँ महाधिवेशनको नारा तय
सारांश
- एमालेले ११औँ महाधिवेशनका लागि नारा तय गरेको छ।
- महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिले कामबारे जानकारी गराए।
- पार्टीको महाधिवेशनको मुख्य नारा 'निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प' रहेको छ।
काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नारा तय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको ११ औँ राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिएका हुन् ।
उनले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरूले आफ्नो आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामका बारेमा जानकारी गराएको बताए । पार्टीले महाधिवेशनमा प्रस्तुत गर्न लागेको लोगोको बारेमा पनि छलफल भएको र अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।
पार्टीको महाधिवेशनको मुख्य नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ रहेको जानकारी उनले दिए । आफूहरूले संवैधानिक हिसाबले अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको र यो नियमित काम भएको उनको भनाइ छ ।
गौतमले सरकार शान्ति सुरक्षामा संवेदनशील नरहेको भन्दै निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको वातावरण बनाउन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण