विश्वप्रकाशले ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको ब्याक गियर हुन्न भनेपछि दुई केन्द्रीय सदस्यले प्रतिवाद गरेका छन्।
- केन्द्रीय सदस्यद्वय जीतजंग बस्नेत र कुन्दनराज काफ्लेले शर्माको भनाइको प्रतिवाद गर्दै विशेष महाधिवेशन नहुने बताएका छन्।
- शर्माले विशेष महाधिवेशन ९० दिनभित्र गर्नुपर्ने बताएका थिए, जसको संस्थापन पक्षका नेताहरूले विरोध गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि दुई केन्द्रीय सदस्यले प्रतिवाद गरेका छन् । महामन्त्री शर्माले मंगलबार उदयपुरस्थित नेपाली कांग्रेसको जिल्ला कार्यालय अवलोकनका क्रममा नेपाली कांग्रेसको विधान अनुसार विशेष महाधिवेशनको ब्याक गियर नहुने बताएका थिए ।
‘कांग्रेसको विधान भन्छ– विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन । त्यसैले विशेषको ब्याक गियर हुन्न, ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,’ महामन्त्री शर्माले भनेका थिए ।
उनको त्यो भनाइको कांग्रेस केन्द्रीय सदस्यद्वय जीतजंग बस्नेत र कुन्दनराज काफ्लेले प्रतिवाद गरेका छन् ।
राष्ट्रियसभा सदस्यसमेत रहेका बस्नेतले तीन बुँदामा शर्माको भनाइको प्रतिवाद गरेका छन् । उनले लेखेका छन्, ‘पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’
बागमती प्रदेशसभा सदस्यसमेत रहेका काफ्लेले ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित भएको भन्दै प्रतिवाद गरेका छन् । काफ्लेले भनेका छन्, ‘ब्याक गियर’ नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’
बस्नेत र काफ्लेले कांग्रेसभित्र संस्थापन पक्षीय नेता हुन् भने शर्मा अहिले इतर समूहमा छन् । बस्नेत र काफ्लेले सामाजिक सञ्जालमा शर्माको भनाइको प्रतिवाद गरेका हुन् ।
महामन्त्रीद्वय गगन थापा र शर्माको निर्देशनमा गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन माग गरेर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । कांग्रेस विधान अनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्छ । शर्माले त्यही विषयमा बोल्दा संस्थापन पक्षीय बस्नेत र काफ्ले प्रतिवादमा उत्रिएका हुन् ।
संस्थापन पक्षले विशेष महाधिवेशन गर्न नहुने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण