इजरायली सेनाद्वारा उत्तरी वेस्ट ब्याङ्कमा नयाँ अपरेसन घोषणा
सारांश
- इजरायली सेनाले वेस्ट ब्याङ्कको उत्तरी क्षेत्रमा नयाँ अपरेसन सुरु गर्यो।
- यो अपरेसन जनवरी २०२५ मा सुरु भएको आतंकवाद विरोधी कारबाहीभन्दा फरक हो र शरणार्थी शिविरहरूलाई लक्षित गर्नेछ।
- अक्टोबर २०२३ मा हमासको आक्रमणपछि वेस्ट ब्याङ्कमा हिंसा बढेको छ।
एजेन्सी । इजरायली सेनाले बुधबार वेस्ट ब्याङ्कको उत्तर क्षेत्रमा नयाँ आतङ्कवाद विरोधी कारबाही सम्बन्धि अपरेसनको घोषणा गरेकाे छ । सैन्य र आन्तरिक सुरक्षा सेवाले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वेस्ट ब्याङ्कको उत्तरी सामरियाको क्षेत्रमा व्यापक आतंकवाद विरोधी कारबाही सञ्चालन गरेको बताएका छन् ।
इजरायली सेनाले अपरेसन जनवरी २०२५ मा सुरु गरिएको आतंकवाद विरोधी अपरेसनको हिस्सा नभइ नयाँ भएको बताएकाे छ । यसले मुख्यतया प्यालेस्टिनी शरणार्थी शिविरहरूलाई लक्षित गर्ने एएफपीलेले जनाएकाे छ ।
सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणले गाजा युद्ध सुरु गरेपछि हिंसा बढेकाे थियाे । पछिल्लो समयमा अक्टोबर १० देखि गाजामा लागू भएको युद्धविरामको बावजुद युद्ध र हिंसा भइरहेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली सेना वा बसोबास गर्नेहरूले युद्ध सुरु भएदेखि वेस्ट ब्याङ्कमा एक हजार भन्दा बढी प्यालेस्टिनीहरूको हत्या गरेका थिए । आधिकारिक इजरायली तथ्याङ्कअनुसार भने प्यालेस्टिनी आक्रमण वा इजरायली सैन्य कारबाहीमा सैनिक तथा नागरिक दुवै पक्षका कम्तीमा ४४ जना इजरायलीको मृत्यु भएकाे थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण