बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

दल दर्ताको समय चार दिन थपियो

बुधबार, १० मङ्सिर २०८२, १८ : २१
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । निर्वाचन आयोगले दल दर्ताको समय चार दिन थपेको छ । 

यसअघि थपिएको समय अपुग भएपछि पुन: समय थपिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुधबारसम्म १०६ पार्टीले दल दर्ता गरेका छन् । 

आयोगमा कुल १३७ दल रहेका छन् । मंगलबार ८० दलले दल दर्ता गराएका थिए ।  नयाँ दल दर्ता संख्या १८ पुगेको छ भने २० दल प्रक्रियामा रहेको भट्टराईले बताए ।

589167135_1354453989515419_2187307782631535010_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप