एआईजी कार्कीले सम्हाले काठमाडौँ उपत्यका प्रहरी प्रमुखको कमान्ड
काठमाडौँ । प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी प्रमुखको कमान्ड सम्हालेका छन् ।
बुधबार रानिपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा कार्कीले पदभार ग्रहण गरेका हुन् ।
उपत्यकामा कार्यरत दान बहादुर कार्की आईजीपी नियुक्त भएसँगै उपत्यका प्रहरी प्रमुखको पद रिक्त थियो । मन्त्रिपरिषद्ले ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्दै उपत्यका प्रहरी कार्यालयमा पस्थापन गर्ने निर्णय गरेको थियो । कार्कीलाई डीआईजी ओम अधिकारी सहितका प्रहरी अधिकृतहरूले स्वागत गरेका छन् ।
जेनजी प्रदर्शनसँगै उपत्यकामा सुरक्षा चुनौती थपिएको छ । भदौ २४ मा आन्दोलनकारीको आक्रमणबाट सबैभन्दा धेरै क्षति उपत्यकामा भएको थियो । उपत्यकामा गिरेको प्रहरीको मनोबल उठाउँदै शान्ति सुरक्षा बहाल गर्नुपर्ने चुनौती कार्कीको काँधमा छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउने चुनौती पनि उनको सामु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण