लिंगका आधारमा महिला हत्या गर्नेलाई इटालीमा अब आजीवन काराबास
रोम । इटालीको संसदले लिंगको आधारमा कुनै पनि महिलाको हत्या (फेमिसाइड)लाई जघन्य अपराध बनाउने विधेयक पारित गरेको छ ।
यस विधेयकमा महिला हत्याका घटनामा आजीवन काराबासको प्रावधान समावेश छ । विधेयक नोभेम्बर २५ मा पारित भएको थियो । यो दिनलाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा पनि मनाइन्छ ।
यसै दिन विधेयक पारित हुनुलाई प्रतीकात्मक कदमको रूपमा पनि हेरिएको छ ।
इटालीमा पहिले पनि महिला हत्याविरुद्ध कानुन बनाउनेबारे छलफल भएको थियो, तर दुई वर्षअघि भएको एक हत्याले सरकारलाई यस दिशामा तत्काल निर्णय लिन बाध्य तुल्यायो ।
२०२३ को नोभेम्बर को अन्त्यमा २२ वर्षीया गिउलियालाई उनका पूर्वप्रेमी फिलिपो टुरेटाले छुरा प्रहार गरी हत्या गरेका थिए । उनको शवलाई झोलामा हालेर तालको किनारमा फ्याँकिएको थियो । यो घटनाले सारा देशलाई स्तब्ध बनायो ।
यो नयाँ विधेयक पारित भएसँगै, इटाली नारी हत्यालाई छुट्टै अपराधको रूपमा वर्गीकृत गरिएको देशहरूको समूहमा सामेल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण