बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आर्सनलको शानदार जित, बायर्न म्युनिख ३-१ ले पराजित

बिहीबार, ११ मङ्सिर २०८२, ०३ : ५५
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • आर्सनलले च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ३-१ गोलले पराजित गर्यो।
  • जुर्रिएन टिम्बर, नोनी माडुके र ग्याब्रियल मार्टिनेलीले आर्सनलका लागि गोल गरे।
  • जितसँगै आर्सनलले प्रतियोगितामा राम्रो प्रदर्शनलाई निरन्तरता दिएको छ।

काठमाडौँ । आर्सनलले बिहीबार च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ३–१ गोलले पराजित गरेको छ। खेलको २२औँ मिनेटमा जुर्रिएन टिम्बरले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाए।

३२ औँ मिनेटमा ल्यानर्ट कार्लले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफमा आर्सनल झन् प्रभावशाली बन्यो।

६९ औँ मिनेटमा नोनी माडुकेले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए भने ७७ औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले अर्को गोल थपेपछि आर्सनलको जित सुनिश्चित भयो।

जितसँगै आर्सनलले प्रतियोगितामा राम्रो प्रदर्शनलाई निरन्तरता दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप