के हामी अवसरको ढोका खोल्न तयार छौँ ?
सारांश
- नेपाली समाजमा 'जेनजी' पुस्ताको उदय भएको छ, जसले राजनीतिक परिवर्तन र सुशासनको माग गरेको छ।
- लेखमा चीनको सुशासन मोडल र यसका विशेषताहरूको चर्चा गरिएको छ, जसबाट नेपालले सिक्न सक्ने कुराहरू छन्।
- जेनजी पुस्ताको सक्रियता सामाजिक असन्तुष्टि र भविष्यको सुन्दर अपेक्षासँग जोडिएको छ, जसले राज्यको सेवा प्रवाहमा सुधारको माग गर्छ।
नेपाली समाज अहिले तीव्र रूपान्तरणको चौबाटोमा उभिएको छ । विकासको गति, स्वर र माग निर्धारण गर्ने प्रमुख शक्ति जेनजी आन्दोलन बनेको छ । डिजिटल वातावरणमा हुर्किएको, सूचनालाई छिटो मूल्याङ्कन गर्ने र सत्ता संरचनालाई सार्वजनिक तर्कका आधारमा चुनौती दिन सक्ने यो पुस्ताले नेपालमा एक प्रकारको नयाँ राजनीतिक चेतनालाई जन्माइदिएको छ । यो चुनौती होइन नेपालको सर्वाङ्गिण विकास तथा पूर्ण लोकतान्त्रिक मार्गमा लम्किने अवसर हो ।
यति नै बेला, नेपालका लागि अध्ययनयोग्य अर्को विषय छ— चीनले पछिल्ला दशकमा अघि सारेको ‘सुशासन’ । राजनीतिक प्रणाली फरक भए पनि चीनले प्रशासनिक दक्षता, सेवा प्रवाहमा गति, दीर्घकालीन नीतिको निरन्तरता र भ्रष्टाचार नियन्त्रणमा देखाएको अनुशासनले विश्वभरका नीति विश्लेषकहरूलाई आकर्षित गर्दै आएको छ ।
त्यसैले जेनजी आन्दोलनले चीनको अनुभव र ज्ञानबाट धेरै विषय सिक्न सक्छ ।
- जेनजी आन्दोलन
नेपालको जेनजी आन्दोलन मूलतः सामाजिक असन्तुष्टि, राजनीतिक निराशा र आर्थिक अवसरको अभावबाट उत्पन्न भएको नागरिक चेतनाको नयाँ स्वरूप हो । डिजिटल पुस्तामा जन्मिएको यो समूह खुला अभिव्यक्ति, समानता र द्रुत परिवर्तनको पक्षधर भएकाले पुराना राजनीतिक संरचनासँग हुने टकराब स्वाभाविक देखिन्छ ।
यो आन्दोलनको पहिलो कारण नै राजनीतिप्रतिको अविश्वास हो । विगत १५ वर्षदेखि पटक–पटक बने–टुटेका सरकार, अस्थिर नीति र दलहरूको आन्तरिक झगडाले युवामा यो प्रणाली नै परिवर्तन हुनुपर्छ भन्ने धारणाको विकास गरायो । दोस्रो रोजगारी र भविष्यको अनिश्चितताले युवाहरूलाई केही गर्नैपर्ने ठाउँमा पु¥याई दियो । शिक्षित युवाले स्वदेशमै अवसर नदेख्नु, वैदेशिक रोजगारीमा निर्भरता बढ्नु र निजी क्षेत्र विस्तार नहुनु आन्दोलनको पृष्ठभूमि हो ।
तेस्रो भनेको सामाजिक न्याय र पारदर्शिताको माग हो । चौथो डिजिटल सशक्तीकरण हो । सोसल मिडियाले आवाज उठाउने गति, संगठन क्षमता र विचार विस्तारलाई सहज बनायो । तर, पूर्व सरकार प्रमुखले त्यसैमाथि प्रतिबन्ध लगाइदिए ।
जुन देशमा जनताको सेवक बनेर संसद वा स्थानिय तहमा पुग्न करोडौँ खर्च गर्नुपर्छ, त्यो देशमा जनताका सेवकले जनताकै सेवा गर्छन् वा अन्यको भन्नेमा देशका नेतृत्वकर्ता गम्भीर हुनै पर्छ । त्यसैले जेनजी आन्दोलन असन्तुष्टि मात्रै होइन, अपेक्षाको आवाज हो ।
जेनजीको सक्रियता सामाजिक असन्तुष्टिको उपज हो भनी बुझ्नु उपयुक्त हुन्छ । तर यसको मूलभूत स्वर असन्तुष्टिमा होइन— भविष्यको सुन्दर अपेक्षामा छ । त्यसैले उनीहरू नेताको अनुहार होइन, नीतिको प्रभाव हेर्छन् । वाचा होइन, सम्पन्न गरिएको काम खोज्छन् ।
त्यसैले उनीहरू एउटै प्रश्न गरिरहेका छन्– राज्यको सेवा वितरण किन सुस्त छ ? निर्णय प्रक्रिया किन लम्बेतान छ ? जनतालाई सेवा दिन राज्य किन चुक्छ ? त्यसैले राज्य सत्ताले लुकाउन खोजेको विषय उनीहरू केही मिनेटमै डिजिटल मञ्चमा जाँचिदिन्छन् र सार्वजनिक बहसमा ल्याई दिन्छन् ।
- चिनियाँ सुशासनका विशेषता
सरकारी संरचनालाई सरल बनाउने, निर्णय–प्रक्रियालाई छिटो बनाउने तथा दीर्घकालीन राष्ट्रिय लक्ष्यसँग सबै तहका नीति–कार्यक्रमलाई जोड्ने यसको मूल विशेषता हो ।
चीनले यस मोडेलमार्फत स्मार्ट प्रशासन, कानूनी शासन र सामाजिक स्थिरतालाई विकासको आधार बनायो । त्यसै कारण चीनले द्रुत आर्थिक वृद्धि, विश्वस्तरीय पूर्वाधार, औद्योगिक क्रान्ति र सामाजिक सुरक्षा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल ग¥यो । यसरी ‘चिनियाँ सुशासन’ आधुनिक राज्य व्यवस्थामा सबै भन्दा चुस्त संरचनामा दरिन पुग्यो ।
प्रशासनिक सुधारमा लागू गरिएको ग्लोवल गभर्नेन्स इन्टेन्टिभ (जीजीआई) नेतृत्व भन्दा प्रणाली बलियो हुने मोडेल हो । डिजिटल सेवा वितरण अत्यन्तै चुस्त छ । घण्टौँ लाइन बस्नुपर्ने सेवा केही क्लिकमै उपलब्ध हुन्छ । त्यस्तै भ्रटाचार नियन्त्रण गर्न र उच्च अधिकारीलाई समेत कठोर कारवाही गर्न प्रणाली नै सक्षम छ ।
दीर्घकालीन नीतिले नेतृत्व परिवर्तन हुँदैमा परिवर्तन हुने अवस्था बेहोर्नु पर्दैन । जनताको नजिकको सरकार स्थानीय सरकार हो । त्यसलाई प्रत्याभुत गर्नका लागि स्थानीय प्रशासन सुदृढ छ । सबै सरकारी काम–कारबाहीहरू डिजिटली हुने हुँदा प्रशासकले ठगी गर्ने, आलटाल गर्ने तथा सेवाग्राहीलाई दुःख दिने सम्भावना त्यसै घटेर जान्छ । यसले प्रशासनलाई प्रचारमुखी भन्दा सेवामुखी बनाउन मद्दत गरिरहेको हुन्छ ।
पारदर्शितालाई टेक्नोलोजीमा होइन, संरचनामा जोड्नु पर्छ । नेपालले डिजिटल सेवा दिने प्रयास गरेको धेरै भो । तर समस्या टेक्नोलोजीमा होइन त्यसलाई विकास गर्ने नीति र प्रक्रियामा छ । यदि हामी डिजिटल सेवामा जाने हो भने त्यस विषयमा पहिले सरकार स्पष्ट हुनु प¥यो, नीति स्पष्ट बनाउनु प¥यो ।
चीनले हामीलाई के देखाएको छ भने डिजिटल प्लेटफर्म त्यतिबेला मात्र प्रभावकारी हुन्छ, जब त्यसका पछाडि स्पष्ट संयन्त्रले काम गरिरहेको हुन्छ ।
भ्रष्टाचार नियन्त्रणमा तटस्थता र गति दुवै चाहिन्छ । चीनको भ्रष्टाचार नियन्त्रण अनुभवबाट सिकेर नेपालले तत्काल द्रुत अनुसन्धान, डिजिटल ट्रयाकिङ र नतिजामुखी कारबाही विधिलाई अपनाउनु जरुरी छ । यसले प्रचारमुखी व्यवहारलाई धक्का दिए पनि समग्रमा लोकतन्त्रलाई मजबुत बनाउँछ । यसका साथै राजनीतिक परिवर्तनमा भन्दा प्रणालीगत निरन्तरतामा ध्यानदिनु ज्यादा जरुरी छ ।
- निष्कर्ष
जेनजी आन्दोलनको भावना र चीनको प्रशासनिक सुधारको अनुभवलाई हामीले जोडेर अघि बढाउने हो भने नेपालले छिट्टै आन्दोलनको स्प्रिटलाई नेपाली समाजमा प्रवाहित गर्न सक्छ । नेपालको आगामी दशक कस्तो हुने भन्ने कुरा अब नेताहरूको भाषणमा होइन, नेपाल राष्ट्रले तय गर्ने नीतिमा हुनुपर्ने खाँचो छ । जेनजी आन्दोलनको भावना पन त्यही हो ।
त्यसैले नेपालका अघिल्तिर चुनौतीको पहाड होइन, अवसरको ठुलो ढोका छ । के हामी अवसरको ढोका खोल्न तयार छौँ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण