लगातार चौथो जित निकाल्दै सुदूरपश्चिम प्लेअफ नजिक
काठमाडौं । सुदूरपश्चिम रोयल्स लगातार चौथो जित निकाल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटको प्लेअफ नजिक पुगेको छ ।
बिहीबार भएको खेलमा सुदूरपश्चिमले लम्बिनी लायन्समाथि ७ विकेटको जित निकालेको हो । यो जितसँगै सुदूरपश्चिमले चार खेलबाट ८ अंक जोड्दै प्लेअफका लागि आफूलाई बलियो बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर २ बलमा तीन विकेट गुमाउँदै १४५ रन बनायो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले नट आउट ६९ रनको अर्धशतकीय पारी खेले ।
४९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै ३७ बल खेलेका आरिफ शेखले ३९ रनको योगदान गरे । सुदूरपश्चिमका क्रिस लिनले १७ रन बनाउँदा जोस 'ब्राउनले १ रनको योगदान गरे ।
बलिङतर्फ लुम्बिनीका लागि रुवेन ट्रम्पेमेन, तिलक भण्डारी र अभिषेश गौतमले एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
लुम्बिनीका लागि कमान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८-१८ रनको योगदा गरे ।
लुम्बिनीका गुल्बदिन नैबले ११ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन-तीन विकेट लिए ।
त्यस्तै हेमन्त, धामी दुई विकेट लिँदा स्कट गुग्गलेइनले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले ४ खेलबाट ८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ । पराजित लुम्बिनीको भने चार खेलबाट मात्र २ अंक छ । लुम्बिनीको यो तेस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण