हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुग्यो
बिहीबार, ११ मङ्सिर २०८२, १७ : १४
सारांश
- हङकङको एक अपार्टमेन्टमा आगलागी हुँदा ५५ जनाको मृत्यु भएको छ।
- आगलागीमा परेर एक जना अग्नि नियन्त्रकको पनि मृत्यु भएको छ।
- आगो निभाउने प्रयास जारी छ र प्रभावितहरूलाई सहयोग प्रदान गरिएको छ।
हङकङ । हङकङमा आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको छ । बिहीबार सार्वजनिक आवास अपार्टमेन्टहरूमा लागेको आगलागीमा परेर मर्नेको सङ्ख्या ५५ पुगेको सहरको अग्नि विभागले जानकारी दिएको हो ।
विभागका अनुसार ५१ जनाको मृत्यु दुर्घटनास्थलमै भएको र अरु ४ जनाको उपचारको क्रममा निधन भएको छ । आगो निभाउने क्रममा एक जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको जनाइएको छ ।
आगलागी सुरु भएको झन्डै २४ घण्टा भइसक्दा पनि आगो पूरै निभाउन नसकिएको सञ्चारमाध्यामहरुले जनाएका छन् । प्रभावित बासिन्दालाई हङकङबासीहरूले खाद्यान्न र लत्ताकपडा लगायतका सामान सहयोग गरिरहेका छन् ।
अलिबाबा, एन्टा लगायत कयौँ चर्चित चिनियाँ कम्पनीले पनि ठुलो रकम दानको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण