सुमितको अर्धशतकमा पोखराले जनकपुरलाई दियो १५६ रनको लक्ष्य
काठमाडौँ । सुमीत वर्माको अर्धशतकको सहयोगमा पोखरा एभेन्जर्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो । पोखराका लागि सुमित वर्माले नट आउट ५० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै दिनेश खरेलले ३८ बलमा ३८ रन बनाउँदा एडम रोसिन्टनले १७ बलमा २४ रन जोडे । पोखराका लागि तिर्थराज दाशले २९ रन बनाए ।
बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तीले तीन विकेट लिँदा अनिल शाह र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।
आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । दुवै टोलीले प्रतियोगितामा हालसम्म दुई–दुई खेल खेलिसक्दा पनि हालसम्म जित निकाल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण