पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
काठमाडौँ । पोखरा एभेन्जर्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ ।
बिहीबार भएको खेलमा पोखराले साविकको विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३० रन बनायो ।
जनपुरका लागि वेन पार्नेलले ५० रनको अर्धशतकीय पारी खेलेर रिटायर आउट भए । उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै सञ्जय कृष्णमुर्तीले २५ रन बनाउँदा माज सदागतले २० रनको योगदान गरे । बलिङतर्फ पोखराका लागि विपिन खत्रीले सर्वाधिक चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए ।
त्यस्तै सुमित वर्माले दुई विकेट लिँदा कुशल भुर्तेल र जिम्मी निशमले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
पोखराका लागि सुमित वर्माले नट आउट ५० रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै दिनेश खरेलले ३८ बलमा ३८ रन बनाउँदा एडम रोसिन्टनले १७ बलमा २४ रन जोडे । पोखराका लागि तिर्थराज दाशले २९ रन बनाए ।
बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले तीन विकेट लिँदा अनिल शाह र ललित नारायण राजवंशीले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै पोखराले तीन खेलबाट २ अङ्क जोडेको छ । यता जनकपुरको लगातार यो तेस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण