एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु
सारांश
- एमालेको महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया सुरु भएको छ, जसअन्तर्गत निर्वाचन प्रक्रिया भइरहेको छ।
- निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची प्रकाशन गर्नुपर्ने र १३ गतेभित्र प्रतिनिधि चयन गरिसक्नुपर्नेछ ।
- महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन्, जुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्ला स्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि देशभर एकै दिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु भएको हो ।
कतिपय जिल्लामा सर्वसम्मति र निर्विरोध रुपमा प्रतिनिधि चयन भएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने निर्देशनबमोजिम काम भइरहेको बताए ।
कायम भएको अन्तिम मतदाता सूची (नवीकृत पार्टी सदस्यता सूची) को सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिएको थियो । यस्तै, यही मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको छ । छनोट भएका प्रतिनिधिको नाम यही मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्नेछ ।
यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण