पहिलो जीतले टिमको मनोबल बढेको छ: विपिन खत्री
सारांश
- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पहिलो जित हासिल गर्यो ।
- विपिन खत्रीले टिमको मनोबल बढेको र आगामी खेलमा जित्ने लक्ष्य रहेको बताए ।
- जनकपुरका कप्तान अनिल शाहले प्लेअफ पुग्ने आशा व्यक्त गरे।
काठमाडौँ । पोखरा एभेन्जर्सले राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जीत दर्ता गराएको छ ।
साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले पराजित पराजित गर्दै पोखराले प्रतियोगितामा खाता खोलेको हो । दुई हारपछि पहिलो जीत दर्ता गराएको पोखराले पहिलो दुई अङ्कसमेत जोडेको छ ।
जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखराका खेलाडी विपिन खत्रीले बिहीबारको खेलले टिमको मनोबल बढेको बताए । उनले भने, “सुरूआती दुई खेल हार्दा डर लागेको थियो । आज पहिलो जीत निकाल्दा टिमको मनोबल बढेको छ ।”
टिमलाई जिताउन व्यक्तिगत रूपमा ४ विकेट हात पारेका विपिनले आगामी खेलमा पनि सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे। उनले भने, “अझै चार खेल बाँकी छन् । ती खेलहरू जितेर प्लेअफको यात्रामा सुरक्षित हुने हाम्रो लक्ष्य छ ।”
तेस्रो खेलमा पनि पराजित भए पनि जनकपुरका कप्तान अनिल शाह भने अझै प्लेअफमा पुग्नेमा आशावादी छन्। लगातारको हारले टिमको मनोबल घटेको छ । उनले भने, “अझै चार खेल बाँकी छन्, सबै खेल जितेर प्लेअफ पुग्ने लक्ष्य छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण