वासिङ्टन गोलीकाण्ड: आरोपीले अमेरिकी सैनिकसँग अफगानिस्तानमा काम गरेको खुलासा
शुक्रबार, १२ मङ्सिर २०८२, ०३ : १९
सारांश
- वासिङ्टन डीसीमा नेशनल गार्डमाथि गोली चलाउने अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका छन्।
- पक्राउ परेका लाकानवालले अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरेका थिए र उनी सन् २०२१ मा अमेरिका आएका थिए।
- प्रहरीले घटनालाई लक्षित आक्रमणको रूपमा पुष्टि गरेको छ र आप्रवासीहरूको सुरक्षा जाँच पुनरावलोकन हुने भएको छ।
काठमाडौँ। बुधबार वासिङ्टन डिसीमा नेशनल गार्डका दुई सदस्यमाथि गोली चलाइएको घटनामा २९ वर्षीय अफगानी नागरिक रहमानुल्लाह लाकानवाल पक्राउ परेका छन्।
पक्राउ परेका लाकानवालले अफगानिस्तानमा १० वर्ष अमेरिकी विशेष सेनासँग काम गरेको बताइएको छ। उनी सन् २०२१ सेप्टेम्बरमा अमेरिका आएका थिए र हाल बेलिङ्ह्याम, वासिङ्टनमा पत्नी र पाँच बच्चासँग बस्दै आएका थिए।
घटनामा लाकानवाल स्वयं पनि घाइते भएका छन्। प्रहरीले यसलाई लक्षित आक्रमण भएको पुष्टि गरेको छ।
यस घटनापछि, अमेरिकी सुरक्षा अधिकारीहरूले अफगानी आप्रवासीहरूको सुरक्षा जाँचको पुनरावलोकन गर्ने तयारी थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण