पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
सारांश
- भोलि पोखरा-१९ पुरनचौरमा दोस्रो दाइँ महोत्सव हुँदैछ, जसको उद्देश्य कृषि र पर्यटनलाई जोड्नु हो।
- महोत्सवले नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने र आन्तरिक/बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
- उत्कृष्ट गोरुपालक, धान उत्पादक, धान चुट्ने, परालको भारी बाँध्ने र गुन्द्री बुन्ने जस्ता प्रतियोगिताहरू महोत्सवमा हुनेछन्।
पोखरा । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ ।
पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो ।
कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुको साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।
कृषिका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने लगायतको उद्देश्य राख्दै महोत्सव आयोजना गरिएको महोत्सव संयोजक हरि भुजेलले जानकारी दिए ।
महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितालगायत प्रतियोगितात्मक गतिविधि हुने छन् ।
पर्यटनसँग हरेक क्षेत्र जोडिएको, कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण पक्ष भएकाले महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण