व्यवस्थित बन्दै कुलेश्वर फलफूल बजार (तस्बिरहरू)
शुक्रबार, १२ मङ्सिर २०८२, १० : ४६
सारांश
- काठमाडौँ महानगरपालिकाले कुलेश्वर फलफूल बजारमा ढलान (कङ्क्रिट) गर्ने काम सुरु गरेको छ।
- वर्षाको समयमा हिलो र अव्यवस्थित हुने बजारमा थोक व्यापारी र उपभोक्तालाई कारोबार गर्न कठिन थियो।
- ढलान निर्माणले बजारको अवस्था सहज हुने र बाढीबाट हुने क्षति कम हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । वर्षा हुनेबित्तिकै हिलो र अव्यवस्थित हुने कुलेश्वर फलफूल बजार अब भने व्यवस्थित हुने भएको छ । काठमाडौँ महानगरपालिकाकाले कुलेश्वर फलफूल बजार क्षेत्रमा अहिले ढलान (कङ्क्रिट) गर्ने काम अगाडि बढाएको छ ।
सामान्यतया हिलाम्मे हुने यो फलफूल बजार वर्षाको समयमा त झन् हिँड्न समेत नमिल्ने अवस्थाको सिर्जना हुने गर्दथ्यो । बजारको यस्तो बिग्रिएको अवस्थाले थोक व्यापारीदेखि उपभोक्तासम्म सबैलाई लामो समयसम्म कारोबार गर्न कठिन बनाइरहेको थियो ।
_ZnLlBnfzKW.jpg)
व्यापारीहरूका अनुसार, सङ्गठित बजार संरचना नहुनु र कमजोर ढल निकास प्रणालीका कारण यस्ता समस्या हरेक वर्षाको समयमा दोहोरिने र त्यसका साथ बागमती नदीको बाढीले फलफूल बजारमा ठुलो क्षतिसमेत पुर्याउने गरेकोमा अहिले ढलानसँगै अवस्था सहज हुने अपेक्षा गरिएको छ । तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
_4P718D4fiE.jpg)
_F3MAAjbDmm.jpg)
_W4OrcObwQB.jpg)
_TRMXFhcxOp.jpg)
_zapw8G4cmf.jpg)
_CPtFBnI7Yq.jpg)
_300nchnJQc.jpg)
_TQwz9DfieC.jpg)
_7OooZ3S8bO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण