अर्थतन्त्र
४ खर्ब ३० अर्बको नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का
शुक्रबार, १२ मङ्सिर २०८२, ११ : ०२
सारांश
- नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० बराबरको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ।
- चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई १६.९८५ मिलियन अमेरिकी डलरमा ठेक्का दिइयो।
- एक हजार दरको नोट छाप्न ५ रुपैयाँ ५६ पैसा लाग्ने र ४३ करोड थान नोट छापिनेछ।
काठमाडौँ । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।
यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।
तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण