पुलिस स्कुलले जित्यो सैनिक आवासीय महाविद्यालय रनिङ फुटबल ट्रफी
सारांश
- नेपाल पुलिस स्कुलले २१ औं अन्तर विद्यालय रनिङ फुटबल ट्रफी जितेको छ, सैनिक आवासीय महाविद्यालयलाई हराउँदै उपाधि जित्यो।
- फाइनल खेलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई २-० गोलले पराजित गरेको थियो।
- प्रतियोगितामा काठमाडौं, भक्तपुर र काभ्रेका १२ टिम सहभागी थिए, जसमा पुलिस स्कुल विजेता बन्यो।
काठमाडौँ । सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित २१ औँ अन्तर विद्यालय रनिङ फुटबल ट्रफी नेपाल पुलिस स्कुलले जितेको छ । पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालय (रातो) लाई २–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
रोमाञ्चक फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय (रातो) र नेपाल पुलिस स्कुल, साँगा आमने सामने भएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालय (रातो) लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । सैनिक आवासीय महाविद्यालय (रातो) उपविजेता बनेको छ ।
मङ्सिर २ मा सुरु भएको प्रतियोगितामा काठमाडौँ, भक्तपुर र काभ्रेका १२ वटा टिम सहभागी थिए । प्रतियोगिता समानमा समारोहमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सैनिक कल्याणकारी योजना निर्देशनालयका महासेनानी उत्तम सापकोटा, नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेल र पुलिसक स्कुलका समादेशक कुमारविक्रम थापा लगायतका व्यक्तित्वहरु सहभागी थिए । विजेता नेपाल पुलिस स्कुलले ५० हजार नगद ट्रफी र मेडल पाएको छ । उपविजेता सैनिक आवासीय महाविद्यालयले ३० हजार पुरस्कार पाएको छ ।
पुलिस स्कुलका दिप्सन पाण्डेय सर्वोत्कृष्ट स्ट्राइकर बने । सैनिक आवासीय महाविद्यालयका प्रज्वल शाही ठकुरी सर्वोत्कृष्ट मिडफिल्डर र पुलिस स्कुलका समीर थापा सर्वोत्कृष्ट गोलकिपर बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण