रौतहटमा ४ महिनामा ३०६ सवारी दुर्घटना, २६ सयलाई कारवाही
सारांश
- रौतहटमा चार महिनामा ३०६ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
- ट्राफिक प्रहरीले २ हजार ६५१ सवारी साधनलाई कारबाही गर्दै २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
- सडक सुरक्षा सचेतना कार्यक्रम अन्तर्गत एक हजार ३८५ कार्यक्रममा १९ हजार ३६५ जना सहभागी भए।
रौतहट । रौतहटमा चार महिनाको अवधिमा ३०६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस अवधिमा नियम विपरीत चलेका २ हजार ६५१ सवारीलाई कारवाही गरेको जनाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने चालकहरुलाई कारवाही गरी २३ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
साउन महिनामा ९७८, भदौमा ६९७, असोजमा ४२५ र कात्तिकमा ५५१ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरले बताए ।
यस अवधिमा सबैभन्दा धेरै कात्तिक महिनामा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको विवरणमा उल्लेख छ । साउनमा ५७, भदौमा ४९ र असोजमा ९९ वटा सवारी दुर्घटना भएका छन् ।
सडक सुरक्षा सचेतना कार्यक्रम अन्तर्गत कार्यालयले चार महिनामा एक हजार ३८५ कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रमहरूमा कुल १९ हजार ३६५ जना सहभागी भएको विवरणमा उल्लेख छ ।
ट्राफिक प्रहरीका अनुसार सडक सुरक्षा, नियमको पालना, हेल्मेट-सिटबेल्ट प्रयोग, मातृभाषामा सचेतना, विद्यालयस्तरका कक्षा तथा सामुदायिक अभियान चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण