मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आमा र छिमेकीको शव गाडीमा हालेर जब प्रहरी चौकीमा पुगे एक युवक

शुक्रबार, १२ मङ्सिर २०८२, १५ : २९
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • हरियाणामा एक युवकले आमा र छिमेकीको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेका छन्।
  • युवकले आमा र छिमेकीबीचको अवैध सम्बन्धको कारण हत्या गरेको स्वीकारेका छन्।
  • प्रहरीले युवकलाई नियन्त्रणमा लिएर शव परीक्षणका लागि अस्पताल पठाएको छ।

नयाँ दिल्ली । भारतको हरियाणा राज्यमा एक युवकले आफ्नै आमा र एक जना छिमेकीको शव गाडीमा हालेर प्रहरी कार्यालय पुगी आत्मसमर्पण गरेका छन् ।

सिरसा जिल्लाको सिकन्दपुरमा राजकुमार नाम गरेका युवकले आफ्नै आमा ४२ वर्षीय अंगुरी देवी र ४५ वर्षीय छिमेकी लेखराजको शव बोकेर प्रहरी कार्यालयमा पुगेको बताइएको छ ।

राजकुमारले दुवैको हत्या आफूले गरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीलाई राजकुमारले जनाए अनुसार उनकी आमा अंगुरीदेवीले छिमेकी लेखराजसँग अवैध सम्बन्ध राख्दै आएकी थिइन् । बारम्बार सम्झाउँदासमेत आमाले अटेर गर्दै आएको बताएका उनले बिहीबार राति दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारेको बताएका छन् ।

राति नै दुवैको हत्या गरेको राजकुमारले प्रहरी समक्ष बताएका छन् । उनी शुक्रबार बिहान स्थानीय समय अनुसार ९ बजे दुवै शव एउटा गाडीमा हालेर प्रहरी चौकी पुगेका थिए ।

डीएसपी राजेश कुमारले राजकुमारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सञ्चारमाध्यमलाई जनाएका छन् । दुवै शव परीक्षणका लागि अस्पताल पठाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप