बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भीम रावलले भने– हेलिकप्टर चढेर भागेका ओली गुन्डुबाट हुँकार गरिरहेका छन्

शुक्रबार, १२ मङ्सिर २०८२, १६ : ०९
शुक्रबार, १२ मङ्सिर २०८२

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले हेलिकप्टरबाट भागेका केपी ओलीले गुन्डुबाट हुँकार गरिरहेकोमा कटाक्ष गरेका छन् ।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार पार्टीले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जेनजी विद्रोहका बेला ओलीले राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर भागेको आरोप लगाए ।

‘राष्ट्रिय सुरक्षा परिषद् बैठक समेत बोलाउन नसकेर हेलिकप्टर भाग्नेले केपी ओलीले अहिले गुन्डुको एउटा दुलामा बसे हुँकार गरिरहेका छन् । अब एक नम्बर पार्टीमा नेपाली कम्युनिस्ट पार्टी आयो आयो’, उनले भने ।

कार्यक्रममा रावलले नेपाली कम्युनिस्ट पार्टी ताजा जनादेशमा जान तयार रहेको भन्दै निर्वाचनका लागि वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनले भने, ‘म अन्तरिम सरकारलाई आग्रह गर्न चाहन्छु बाहिर रहेको गोलीगठ्ठा नियन्त्रणमा लिएर निर्वाचनको वातावरण बनाउन बनाओस् । नेकपा निर्वाचनमा जान तयार छ ।’

नवयुवा जेनजीको आवाज नेकपाले मात्र बोक्ने भन्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर उनीहरूको माग सम्बोधन गर्ने जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप