वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि नेपाल एयरलाइन्सद्वारा टिकटमा छुट घोषणा
शुक्रबार, १२ मङ्सिर २०८२, १६ : ३४
काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ। निगमले साउदीको दमाम, कतारको दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर गन्तव्यतर्फका उडानमा प्रत्येक उडानका १० सिटमा १० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको हो।
निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार श्रमिक यात्रुको सर्वसुलभता र सहुलियतका लागि यो योजना लागू गरिएको हो। श्रम गन्तव्यतर्फ यात्रा गर्नेले आवश्यक कागजात सहित नेपाल एयरलाइन्सका नेपालस्थित टिकट काउन्टरबाट यस छुटको सेवा लिन सक्नेछन्।
निगमले यस्तो सहुलियतले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई यात्रा खर्चमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण