एनपीएल
प्रियान्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियाे १६१ रनको लक्ष्य
शुक्रबार, १२ मङ्सिर २०८२, १७ : ३८
काठमाडौँ । प्रियान्क पन्चलको अर्धशतकमा कर्णाली याक्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सलाई १६१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको हो । कर्णाली याक्सका लागि प्रियान्क पन्चलले अर्धशतकीय पारी खेले । प्रियान्कले ४७ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए ।
कर्णालीका लागि विलियम बोसिस्टोले नट आउट ४८ बलमा ४८ रन बनाए । त्यस्तै कर्णालीका लागि गुलशन झाले २० रन बनाउँदा मार्क वाटले ६ रनको योगदान गरे ।
विराटनगरका लागि मर्चान्ट डी ल्याङ्गे र सन्दीप लामिछानेले एक–एक विकेट लिए । आजको खेलमा कर्णाली याक्स दोस्रो जितको खोजीमा हुनेछ । यता विराटनगर चौथो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण