सामाजिक सुरक्षाबारे सचेतना आवश्यक
सारांश
- अन्तरक्रियामा सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढाउन सचेतना आवश्यक रहेको कुरामा जोड दिइयो।
- कार्यक्रममा, सामाजिक सुरक्षा कोषका सहायक निर्देशकले कार्यविधिको जटिलताले समस्या भएको बताए।
- डोल्मा तामाङले सामाजिक सुरक्षा योजना अझै श्रमिकको पहुँचमा पुग्न नसकेको कुरा बताइन्।
काठमाडौँ । सबैका लागि सामाजिक सुरक्षा आधारभूत मानवअधिकार विषयमा अन्तर सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । सो अन्तरक्रियामा सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा जोड दिए ।
इन्सपायर नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र होमनेट नेपालको आयोजनामा आज यहाँ सामाजिक सुरक्षामा सबै नागरिकलाई आबद्ध बनाउने विषयमा अन्तक्रिया गरिएकाे छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषका सहायक निर्देशक चिरञ्जीवी न्यौपानेले योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकलाई आबद्ध गराइएको भएपनि कार्यविधिको जटिलताले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेट्न कठिन भएको कुरा बताए ।
श्रम विभागका अधिकृत रामसुन्दर थापाले विभागले श्रमिकको लेखाजोखा गर्नेदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र नभएको विषयमा बेला बखत अनुगमन गर्ने गरेको जानकारी दिए ।
संविधानसभा सदस्य पेम्बा लामाले सामाजिक सुरक्षामा श्रमिकको उपस्थिति अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । जसमा उनले अधिकांश महिला श्रमिक सुरक्षा कोषबाट वञ्चित भएको बताउँदै लैङ्गिकमैत्री बनाउन सरकारले विशेष कार्य योजना ल्याउनुपर्नेमा जोड दिए ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष डोल्मा तामाङले सन् २०१२ देखि सुरु भएको सामाजिक सुरक्षा योजनाले अझै श्रमिकको पहुँचसम्म पुग्न नसकेको बताइन् । यसका लागि जनचेतनालाई नागरिकस्तरसम्म पुर्याउने अभियानमा जोड दिनुपर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण