आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्यामा भारी गिरावट
लन्डन । जुन महिनासम्मको एक वर्षमा आप्रवासनका लागि बेलायत पुग्ने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घटेको छ ।
प्रधानमन्त्री किअर स्टार्मरको सरकारको एक प्रमुख नीति हो र यो सुधार उनको सरकारका लागि उत्कृष्ट प्रोत्साहन हो।
जब स्टार्मरको लेबर सरकार यस मुद्दामा कट्टर–दक्षिणपन्थी आप्रवासन–विरोधी रिफर्म यूके पार्टीबाट बढ्दो दबाबको सामना गरिरहेको समय आप्रवासनमा निरन्तर घट्दो प्रवृत्तिको समाचार सार्वजनिक भएको हो ।
यी तथ्याङ्कहरूमा साना डुङ्गा यात्राजस्ता अत्यधिक विवादास्पद अनियमित मार्गहरूबाट आएका आप्रवासीहरूको तथ्याङ्क समावेश छैन ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, यसमा काम र अध्ययनका लागि बेलायत आउने गैर–युरोपेली सङ्घका नागरिक र उनीहरूका आश्रितहरूको सङ्ख्या कम हुनु र बेलायती नागरिकहरूको बसाइँसराइ बढ्नु समावेश छ।
हालैको अस्थायी बसाइँसराइको तथ्याङ्कले बेलायतमा आउने र बेलायतबाट जाने मानिसहरूको सङ्ख्याबिचको अन्तर करिब दुई लाखको हाराहारीमा देखिएको छ।
तथ्याङ्का अनुसार जुनसम्म अनुमानित आठ लाख ९८ हजार मानिसहरू भित्रिएका थिए भने छ लाख ९३ हजार स्थायी रूपमा बाहिरिएका थिए ।
यो सन् २०२१ यताको एक वर्षको सबैभन्दा कम तथ्याङ्क हो ।
मे महिनामा घोषणा गरिएको सन् २०२४ को वार्षिक कुल आप्रवासनको तथ्याङ्कले पनि चार लाख ३१ हजार व्यक्तिको ठुलो गिरावट देखाएको थियो । यद्यपि, यो सङ्ख्उा पछि संशोधन गरी तीन लाख ४५ भएको बताइएको थियो ।
विपक्षी कन्जरभेटिभहरूले बिहीबार यो निरन्तर गिरावटको श्रेय लिएका छन्। उनीहरूका अनुसार यो सन् २०२४ जुलाईमा सत्ता गुमाउनुअघि तत्कालीन प्रधानमन्त्री ऋषि सुनकले लागू गरेका भिसा, आश्रित र विद्यार्थीसम्बन्धी सुधारहरूको परिणाम हो।
आप्रवासनमा कडाइ
यी तथ्याङ्कहरू स्टार्मरका लागि स्वागतयोग्य समाचार हुन सक्छन् तर यसले अनियमित आप्रवासनमा कुनै राहत प्रदान गर्दैन, जुन घटिरहेको छैन।
सङ्घर्षमा फसेका देशहरूबाट भागेर आएका धेरसहित कुल ३९ हजारभन्दा बढी मानिसहरू यस वर्ष साना डुङ्गाहरूमा बेलायत आइपुगेका छन् । यो सन् २०२४ को पूरै वर्षको भन्दा बढी हो, तर अन्तिम कन्जरभेटिभ प्रशासनको समयमा सन् २०२२ मा कायम भएको उच्च सङ्ख्याको तुलनामा कम हो।
ब्रेक्जिट पक्षधर नेता नाइजेल फराजको नेतृत्वमा रहेको रिफर्म युकेले यस वर्षको अधिकांश समय सर्वेक्षणमा लेबर पार्टीमाथि ख्यातिमा दोहोरो अङ्कको अग्रता कायम राखेको छ, किनकि उसले यस मुद्दामा निरन्तर अभियान चलाइरहेको छ।
गृहमन्त्री शाबना महमूदले यसै महिनाको सुरुमा कानुनी र अवैध दुवै आप्रवासनमाथि कडा कारबाहीको घोषणा गरेकी थिइन् । यो प्रतिक्रिया आंशिक रूपमा फराजको पार्टीलाई बढ्दो समर्थन थियो।
सरकारले साना डुङ्गाहरूको आगमनलाई रोक्न फ्रान्ससँग सहमति भएको तथाकथित ‘एक भित्र, एक बाहिर’ योजनामा पनि आफ्नो आशा राखेको छ।
बिहीबार जारी गरिएको नयाँ तथ्याङ्कले यस पहल अन्तर्गत हालसम्म १५३ जनालाई फ्रान्सबाट फिर्ता पठाइएको छ र १३४ जना बेलायत आइपुगेका छन्।
‘एक भित्र, एक बाहिर’ योजना अन्तर्गत अवैध र शरण आवेदनका लागि अयोग्य ठहरिएर फ्रान्स फिर्ता पठाइएका प्रत्येक बेलायती आप्रवासीको सट्टा अर्को एक जनालाई नयाँ सुरक्षित र कानुनी मार्ग’ मार्फत बेलायतमा प्रवेश गर्न दिइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण