एमाले महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा धाँधलीको आरोप
सारांश
- धनुषा क्षेत्र नम्बर ४ मा एमाले महाधिवेशन प्रतिनिधि छनौटमा धाँधली भएको आरोप लागेको छ।
- रघुवीर महासेठ पक्षधरले विपक्षीको फर्म च्यातेर फालेको र मनोनयन प्रक्रियामा वञ्चित गराएको आरोप छ।
- युवा नेताहरूले बहुमतको दम्भ र गुण्डागर्दी शैलीमा लोकतन्त्रको मजाक गरेको आरोप लगाएका छन्।
जनकपुरधाम । नेकपा एमालेको केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया अन्तर्गत धनुषा क्षेत्र नम्बर ४मा धाँधली भएको आरोप लागेको छ । नेकपा एमालेको मङ्सिर २७ गते देखि काठमाण्डौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियामा एमाले सचिव रघुवीर महासेठ पक्षधरले धाँधली गरेको आरोप लगाइएको हो ।
धनुषा ४ मा महाधिवेशन फर्म बुझाउने प्रक्रिया चलिरहेको समयमा शुक्रबार धनुषा क्षेत्र नम्बर ४ क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा विपक्षीको फर्म च्यातेर महासेठ पक्षधरले फालिदिएको नेताहरूको आरोप छ । नेकपा एमालेको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयनको दर्ता प्रक्रियामै सहभागी हुनबाट वञ्चित गर्नका लागि महासेठ पक्षधरले यस्तो हथकण्डा अपनाएको एमालेका युवा नेता सचिन यादवले बताए ।
एमालेका युवा नेता धिरेन्द्र कुमार मण्डलले ११औँ महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि छनोट प्रक्रियाबाटै आफूहरूलाई बहुमतको दम्भमा वञ्चित गराइएको दाबी गरे । उनले भने, ‘एकलौटी र दम्भले कसैको हित गर्दैन । हामी नेकपा एमालेका युवाहरूलाई मनोनयन प्रक्रियाबाटै अलग राख्नु वा गुण्डागर्दी शैलीमा मनोनयन पत्र च्यातेर लोकतन्त्रको भद्दा मजाक रहेको छ ।’
मनोनयन पत्रको फर्म भरेर दर्ता गर्न गएका एमालेका युवा नेताहरू धिरेन्द्र मण्डल, सचिन यादव, आरपी यादव, विमल यादव, वीरेन्द्र यादव, रोशन यादव लगायतका नेताहरूको फर्म मनोनयन पत्र दर्ता गर्नु अघि नै च्यातेर फालिएको उनीहरूको भनाई छ ।
साथै मनोनयन पत्र दर्ता हुने समय अगावै महासेठ पक्षधरले मनोनयन पत्र दर्ता गराउन बन्द गराएका मण्डलले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण