मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

क्यान र एमसीसीबिच एनपीएलमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने सम्झौता

शनिबार, १३ मङ्सिर २०८२, १२ : २५
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • नेपाल क्रिकेट संघ (क्यान) र एमसीसीबीच नेपाल प्रिमियर लिगमा 'स्पिरिट अफ क्रिकेट अवार्ड' सुरु गर्ने सम्झौता भएको छ।
  • यो अवार्ड निष्पक्षता, आत्मसम्मान र खेल भावना कायम गर्ने टिमलाई प्रदान गरिनेछ।
  • क्यानका सचिव र एमसीसीका डाइरेक्टरले काठमाडौंमा संयुक्त रूपमा अवार्डको घोषणा गरे।

काठमाडौँ । क्रिकेट सङ्घ नेपाल (क्यान) र विश्व क्रिकेटको सर्वोच्च संस्था मेरीलेबोन क्रिकेट क्लव (एमसीसी) बिच नेपाल प्रिमियर लिग (एनपीएल) मा  ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ सुरु गर्ने सम्झौता गरेका छन् । 

यो अवार्ड प्रत्येक संस्करणमा खेलको साँचो मर्म—निष्पक्षता, आत्मसम्मान, प्रतिद्वन्द्वीप्रति आदर र उत्कृष्ट खेलभावना कायम गर्ने फ्रेन्चाइज टिमलाई प्रदान गरिनेछ । 

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्का र एमसीसीका क्रिकेट तथा अपरेसन्स डाइरेक्टर रोब लिन्चले संयुक्त रूपमा यो अवार्डको औपचारिक घोषणा गरे । 

यो अवार्ड एमसीसीले विश्वभर क्रिकेटको उच्च मूल्य–मान्यता प्रवर्द्धन गर्न बनाएको ‘स्पिरिट अफ क्रिकेट’ अभियानको एउटा हिस्सा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप