पत्रकार आचार्य मृत्यु प्रकरण : वीरेन्द्रनगर तनावग्रस्त
सारांश
- सुर्खेतमा सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन्।
- आफन्तहरूले घटनाको छानबिनको माग गर्दै वीरेन्द्रनगरका विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका छन्।
- दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने प्रहरीले प्रमाण मेटाएको आरोप लागेको छ।
सुर्खेत । गएराति सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएपछि उनका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन चर्काएका छन् । घटनाको उचित छानबिनको माग गर्दै आफन्तहरूले वीरेन्द्रनगरको मुलपानी चोक र एरिचोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण सवारी आवागमनमा समेत समस्या भएको छ ।
गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि मुलपानीबाट भुरेलीतर्फ जाँदै गरेको २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र पत्रकार आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । प्रहरीले उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मृतक पत्रकार आचार्यका आफन्तहरूले भने प्रहरीले प्रमाण मेटाउने काम गरेको र मुचुल्का नउठाई घटनास्थलमा पानी हालेको आरोप लगाएका छन् । उनीहरूले आवश्यक अनुसन्धानको माग गर्दै शनिबार बिहानैदेखि आन्दोलन चर्काएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले दुर्घटनास्थलबाट घाइते आचार्यलाई तत्काल अस्पताल पुर्याएर मानवीय धर्म निभाउँदा उल्टै प्रहरीमाथि आरोप लगाइएको बताए ।
मृतक आचार्य कालिकोटको रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष समेत थिए । उनी हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण