लुम्बिनीको दोस्रो जित, पोखरा पराजित
काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे हाे ।
लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै निरोसश दिकेवालाले ३७ रन बनाउँदा सन्दीप जोराले नटआउट २५ रनको योगदान गरे ।
पोखराका लागि विपिन खत्री, सागर ढकाल र म्याट टेलरले दुई–दुई विकेट लिए । त्यस्तै जिम्मी निशमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।
पोखराका लागि रोसिङ्टनले ८१ रनको अर्धशतकीय पारी खेले । ६३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै जिम्मी निशमले ५१ रनको अर्धशतकीय पारी खेले । ३२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । पोखराका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै लुम्बिनीले ५ खेलबाट ४ अङ्क जोडेको छ । पराजित पोखराको चार खेलबाट २ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण