सञ्जयको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियाे १४६ रनको लक्ष्य
काठमाडौँ । सञ्जय कृष्णमूर्तीको अर्धशतकको सहयोगले जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो । जनकपुरका लागि सञ्जयले ५० रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै ३३ बल खेलेका जान निकोल स्टोनले २ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । सुदूरपश्चिमका लागि आदित्य मेहताले १५ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । त्यस्तै, स्कट गुग्गलेइनले तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिह ऐरीले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली बन्न चाहन्छ । यता, प्लेअफको सम्भावना जोगाइ राख्न जनकपुरलाई जित निकाल्नैपर्ने दबाब छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण