भाग्यले साथ देला कि चुनौती ? हेर्नुहोस् आजको राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर १४ गतेको बार, तिथि, नक्षत्र र योगको जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिहरूको लागि दैनिक राशिफल दिइएको छ, जसमा विभिन्न पेशा र क्षेत्रमा हुने सम्भावित लाभ र हानिको चर्चा गरिएको छ।
- लेखमा शुभ र अशुभ समयको जानकारी दिइएको छ, जसमा राहुकाल र ब्रहा मुहूर्तको बारेमा बताइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर १४ गते । आइतबार । इस्वी सन् २०२५ नोभेम्बर ३० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । मार्ग शुक्लपक्ष । तिथि–दशमी, २४ घडी ० पला, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–उत्तराभाद्रपदा, ३६ घडी २१ पला, बेलुकी ९ बजेर १० मिनेट उप्रान्त रेवती । योग–सिद्धि, ५६ घडी ५९ पला, रातको १ बजेर २५ मिनेट उप्रान्त व्यातिपात । करण–गर, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर २१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी १२ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ६ बजेर ३८ मिनेटदेखि बिहान ७ बजेर ५५ मिनेटसम्म चर बेला ।
- बिहान ७ बजेर ५६ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म लाभ बेला ।
- बिहान ९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ३३ मिनेटसम्म अमृत बेला ।
- बिहान १० बजेर ३४ मिनेटदेखि बिहान ११ बजेर ५२ मिनेटसम्म काल बेला ।
- बिहान ११ बजेर ५३ मिनेटदेखि दिउसो १ बजेर ११ मिनेटसम्म शुभ बेला ।
- दिउसो १ बजेर १२ मिनेटदेखि दिउसो २ बजेर २९ मिनेटसम्म रोग बेला ।
- दिउसो २ बजेर ३० मिनेटदेखि बेलुकी ३ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
- दिउसो ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर ४७ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५९ मिनेटदेखि बिहान ५ बजेर ४७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कर्म प्राप्तको निमित्त लामो दुरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । किनमेल, खानपान तथा भेटघाटमा समय व्यातित हुनेछ । अध्ययनमा विद्यार्थीहरूका लागी आजको समय शुभ रहेको छ । खेलकुदको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय शुभ रहेको छ । स्वास्थ्य सामग्री तथा टेक्निकल क्षेत्रमा काम गर्नेहरूका लागी आजको दिन उत्तम रहनेछ । तर पनि नियम संगत काम नगर्नाले दुख पाइन सक्छ ध्यान दिनुहोला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा आकांक्षा पुरा गर्न सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । आर्थिक अवस्था राम्रो हुने तथा नयाँ प्रकृतिको काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । पढाइ लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । नवीन विचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । खेलाडी तथा खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागी समय उत्तम रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको बलियो योग रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यवसायमा लगानी गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाइ लेखाइमा कडा मेहनत गर्दा मात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा नजिक हुने योग रहेको छ । प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरूसँग भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । मन परेको मानिससँग यात्रा हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्दै समय व्यातित हुनेछ । आफन्त तथा आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ । पुरानो सवारी साधन परिवर्तन गरी नयाँ लिने ग्रहयोग रहेको छ । तर पनि सामान्य स्वास्थ्य समस्या बढ्नाले अध्ययनमा बाधा हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेष गरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
-
राष्ट्रियसभामा ६ विधेयक टेबुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण