बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अहिले सबै क्षेत्रमा एकताको खाँचो छ : अध्यक्ष श्रेष्ठ

आइतबार, १४ मङ्सिर २०८२, १४ : ५६
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।
  • अध्यक्ष श्रेष्ठले समृद्ध नेपाल निर्माणका लागि सहमति, सहकार्य र एकताको खाँचो औंल्याए।
  • संघको एकताले विदेशमा रहेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन सहयोग गर्ने श्रेष्ठको भनाइ छ।

काठमाडौँ । गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठले समृद्ध नेपाल निर्माणको लागि सबै क्षेत्रमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताएका छन् । आइतबार आयोजित गैर आवासीय नेपाली सङ्घको एकता घोषणा कार्यक्रममा उनले सहमति, सहकार्य र एकताको खाँचो औँल्याएर नै सङ्घको एकता गरिएको बताएका हुन् । 

उनले विभाजनको कारण सङ्घ विगत चार वर्ष अत्यन्तै कठिन परिस्थितिमा पुगेको बताए । अप्ठ्यारो परिस्थितिमा एकता गरेर आफूहरूले देशमा नयाँ सन्देश दिन खोजेको उनको भनाइ छ । उनले सङ्घमा मात्रै नभएर समृद्ध नेपाल निर्माणका लागि नेपालका राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ संस्था सबैतिर सहमति, सहकार्य र एकताको खाँचो रहेको उल्लेख गरे । त्यो एकताको नेतृत्व सङ्घले गरेको उनको भनाइ छ । एकीकृत सङ्घ अब समृद्ध नेपाल निर्माणको लागि लाग्ने उनले बताए ।

उनले भने,  ‘एकता हामीले सुरु गरेका छौँ । यो अभियानको सुरुवात हो । आजको एकताले विगत करिब ४ वर्ष अगाडीदेखि हामी अत्यन्तै कठिन परिस्थितिमा थियौँ । गैर आवासीय नेपाली सङ्घमा असाध्यै अप्ठ्यारो परिस्थिति थियो । यो अप्ठ्यारो परिस्थितिलाई हामीले एउटा सन्देश दिन चाहन्छौँ, एकता गरेर । हामी गैर आवासीय नेपाली सङ्घले एकता गरेर नेपालमा के सन्देश दिन चाहन्छौँ भने अहिले हामीलाई सहमति, सहकार्य र एकताको खाँचो छ ।’ 

श्रेष्ठले थप भने, ‘समृद्ध नेपाल निर्माणको लागि, यो केवल गैर आवासीय नेपालीको लागि मात्रै होइन । हाम्रो यो एकताले नेपालका राजनीतिक दलहरू, नागरिक समाज, हरेक निकायमा अहिले नेपालमा सहमति, सहकार्य र एकताको खाँचो छ, त्यो एकताको सन्देश हामीबाट सुरुवात भएको छ र अब समृद्ध नेपाल निर्माणमा हामी सबै लागौँ, गैर आवासीय नेपालीहरूले पनि समृद्ध नेपालमा हामीले आफ्नो योगदान अवश्य गर्नेछौँ ।’ 

विदेशमा रहेका ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउने अभियान यो एकताबाट सुरु भएको उनले बताए । उनले विभाजनले सङ्घका मुद्दा कमजोर बन्नुका साथै नेपालमा लगानी भित्र्याउन पनि समस्या भएको बताए । –न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप