बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

घोषित मितिमा निर्वाचन भएमात्रै देशको मुद्दा पूरा हुन्छः नारायणकाजी श्रेष्ठ

आइतबार, १४ मङ्सिर २०८२, १५ : २०
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • नारायणकाजी श्रेष्ठले निर्धारित मितिमा निर्वाचन हुनुपर्ने बताएका छन्।
  • उनले देशका मुद्दा सम्बोधनका लागि निर्वाचन आवश्यक रहेको बताए।
  • श्रेष्ठले विप्लव, जनार्दन शर्मा र घनश्याम भुसाललाई पार्टी एकतामा आउन आह्वान गरे।

पोखरा । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । 

आइतबार नेकपाको प्रदेशस्तरीय एकता सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न भएमा मात्रै देशको बाँकी मुद्दा सम्बोधन हुन सक्ने बताएका हुन् ।

‘एकातिर हामीले जेनजी विद्रोहले उठाएका मुद्दाहरूलाई आत्मसात् गर्न जरुरी छ,’ उनले भने, ‘अहिले घोषित मितिमा हर हालतमा निर्वाचन सम्पन्न गर्नु देशको आवश्यकता हो । त्यो दिशातिर गयो भने मात्रै जेनजी मुद्दा सहित देशको आजको प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्ने आधार तयार पार्न सक्छौँ ।’

उनले एकता प्रक्रियामा छुटेका सबै नेताहरूलाई सामेल हुन आह्वान गरेका छन् । पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले नेत्रविक्रम चन्द (विप्लव), माओवादीका पूर्व नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका नेता घनश्याम भुसाललाई एकतामा सामेल हुन आग्रह गरेका हुन् ।

‘यो एकता सबै कम्युनिस्टहरूलाई एउटै ठाउँमा ल्याउने प्रस्थानविन्दु हो,’ उनले भने, ‘एकता प्रक्रियाका क्रममा विभिन्न कारणले छुट्नुभएका विप्लव, घनश्याम भुसाल र जनार्दन शर्मालाई कम्युनिस्ट पार्टीमा समाले हुन अपिल गर्दछु ।’ 

उनले विभिन्न ५ कार्यभार पूरा गर्न एकीकरण भएको सुनाए । खासगरी विकास र सुशासनलाई जोड दिने श्रेष्ठको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप