विराजभक्तले भने– नेपालको राजनीतिमा तेस्रो ध्रुव जन्मियो
सारांश
- रास्वपा नेता विराजभक्त श्रेष्ठले नेपालमा तेस्रो राजनीतिक शक्तिको अध्याय सुरु भएको बताए।
- राष्ट्रिय सभा गृहमा भएको एकता सभामा उनले तेस्रो राजनीतिक ध्रुव जन्मिएको घोषणा गरे।
- उनले तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउने र सामाजिक अन्तर्विरोधलाई सम्बोधन गर्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले नेपालमा तेस्रो राजनीतिक शक्तिको अर्को अध्याय सुरु भएको जिकिर गरेका छन् ।
राष्ट्रिय सभा गृहमा आइतबार भएको एकता सभामा बोल्दै उनले तेस्रो राजनीतिक ध्रुव जन्मिएको घोषणा गरेका हुन् ।
‘आज दुई पार्टी बिचको एकता मात्र होइन वैकल्पिक राजनीतिको अर्को अध्याय सुरु भयो । सुसंस्कृत राजनीतिको तेस्रो ध्रुव जन्मियो भनेर मैले घोषणा गरेँ । देश जहिले पनि दुई ध्रुवमा बाँडिने गर्थ्यो । आज यसले सुसंस्कृत तरिकाले पनि तेस्रो ध्रुव देशमा उदायो’, उनले भने, ‘आजकै सभामा तपाईंहरूलाई साक्षी राखेर छरेर बसेका साथीहरूलाई आह्वान गर्न चाहन्छु । तेस्रो ध्रुवले देशको राजनीतिलाई सन्तुलित बनाउँछ । सांस्कृतिक, सामाजिक अन्तर्विरोधलाई यसले सम्बोधन गरेर अगाडि बढ्छ भन्ने सङ्कल्प पनि गर्न चाहन्छु ।’
सुसंस्कृत विचार समर्पित युवाहरूले देशलाई अगाडि बढाउँछ भन्ने पनि दिवङ्गत उज्ज्वल थापाको बाटोबाट रास्वपा अगाडि बढेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण