भारतका रोहित शर्माले बनाए विश्व कीर्तिमान
नयाँ दिल्ली । भारत र दक्षिण अफ्रिकाविरुद्ध तीन वटा एक दिवसीय क्रिकेट म्याचको शृङ्खला आजदेखि सुरु भएको छ ।
शृङ्खला अन्तर्गत आइतबार पहिलो खेलमा ब्याटिङ गर्दै रोहित शर्माले आफ्नो नाममा एउटा विश्व कीर्तिमान कायम गरेका छन् ।
राँचीको जेएससीए इन्टरनेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।
३८ वर्षीय रोहित शर्माले उक्त म्याचमा सबैभन्दा बढी छक्का प्रहार गर्ने क्रिकेटरका रूपमा आफ्नो नाम लेखाएका हुन् । रोहित शर्माले यो म्याचमा तीन वटा छक्का प्रहार गरे । योसँगै कुल ३५२ छक्कासहित उनी एक दिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका हुन् ।
यसअघि पाकिस्तानका शाहिद अफ्रिदीको नाममा यो कीर्तिमान थियो । अफ्रिदीले ३५१ वटा छक्का प्रहार गरेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।
यो सूचीको तेस्रो स्थानमा रहेका क्रिस गेल (३३१ छक्का) र चौथो नम्बरमा रहेका सनथ जयसूर्या (२७० छक्का)ले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका कुनै पनि खेलाडी रोहितको यो कीर्तिमानबाट धेरै टाढा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण