व्यवसायीलाई लक्षित गरी एनएमबि बैंकद्वारा नयाँ पेमेन्ट गेटवे सुरू
काठमाडौं । एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन यस्तो सेवा सुरु गरेको हो ।
यो सेवाले भौतिक र अनलाइन (ई–कमर्स) दुवै प्रकारका व्यवसायीलाई सहयोग पुर्याउने विश्वास लिइएको छ । सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन् । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।
पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्छ । यसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँछ । यसरी कार्डबाट हुने कारोबार धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई कम गर्ने बैंकले जनाएको छ ।
अनलाइन व्यवसायीहरूले बैंकमा सम्पर्क गरेर सजिलैसँग आफ्नो पोर्टलमा गेटवे जोड्न सक्ने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण