हङकङको अपार्टमेन्ट आगलागीमा मृत्यु हुनेको संख्या १४६ पुग्यो
काठमाडौं । हङकङको एक अपार्टमेन्ट ब्लकमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १४६ पुगेको छ । जसमा एक अग्नि नियन्त्रक समेत छन् । बुधबार दिउँसो मर्मतसम्भार गर्न लागिएको अपार्टमेन्ट बाहिर राखिएको बाँसबाट आगो सल्किँदा आठमध्ये सातवटा भवनमा आगो लागेको थियो । उक्त अपार्टमेन्ट ब्लक हङकङको ताई पो क्षेत्रमा रहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार १२ अग्नि नियन्त्रकसहित अन्य ७९ जना घाइते भएका छन् । १५० जनाको अवस्था अज्ञात छ । उनीहरुको खोजी जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।
मर्मतका लागि आठवटै भवनको बाहिर बाँसलाई नाइलनको डोरीले बाँधेर खट बनाइएको थियो । त्यस क्रममा छिट्टै आगोले भेट्ने सामग्रीहरु प्रयोग हुने भएकाले आगलागी छिटो फैलिएको अधिकारीहरुको भनाइ छ । घटनापछि हङकङमा तीन दिनको शोक घोषणा गरिएको छ । दुई हजार अपार्टमेन्ट रहेका ती ब्लकमा करिब ४ हजार जना बस्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण