सरकारलाई डीपी अर्यालको चेतावनी– रविमाथि नजरअन्दाज नगरियोस्
आइतबार, १४ मङ्सिर २०८२, १८ : १६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यबहाक सभापति डोलप्रसाद (डीपी) अर्यालले थुनामा रहेका सभापति रवि लामिछानेमाथि नजर अन्दाज नगर्न वर्तमान सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभालाई सम्बोधन गर्दै अर्यालले विगतको सरकारको जस्तो प्रतिशोधको राजनीति नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।
‘अहिलेको सरकारले पनि हाम्रा सभापति रवि लामिछानेमाथि नजर अन्दाज गर्यो भने रास्वपाका ती तमाम साथीहरू टुलुटुलु हेरेर बस्ने छैन । यो सरकारलाई शान्तिपूर्ण चेतावनी पनि हो,’ उनले भने, ‘विगतमा रविमाथि निरन्तर राजनीतिक प्रतिशोध गरे । पहिला रास्वपा मात्र थियो । अहिले विवेकशील लगायत विभिन्न शक्तिहरु पनि जोडिएका छन् । आफ्नो एजेन्डाबाट बाहिर नजानोस् । निर्वाचन केन्द्रित काम गर्नोस् । रास्वपाले शंकाको लाभ दिएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण