६ उद्योगले प्राधिकरणलाई तिरे दोस्रो किस्ताबापतको रकम
सारांश
- नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा दोस्रो किस्ता तिर्न सुरु गरेको छ।
- अशोक स्टिल, हुलास र हामा स्टिल लगायतका उद्योगहरूले दोस्रो किस्ता बुझाएका छन्।
- प्राधिकरणले बक्यौता रकम २८ किस्तामा तिर्ने सुविधा दिएको छ, र हालसम्म २३ करोड ८७ लाख रुपैयाँ असुल भइसकेको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरूले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् ।
प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगीहरू अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणले दोस्रो किस्ता रकम तिर्न पत्राचार गर्न थालेसँगै उद्योगीहरू धमाधम दोस्रो किस्ताको रकम तिर्न आएका बताए । उनले अहिलेसम्म अशोक स्टीलले ६३ लाख रुपैयाँ, हुलास स्टीलले ५० लाख ४३ हजार रुपैयाँ र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेका बताए । यसैगरी शुभश्री अग्नि सिमेन्टले पनि दोस्रो किस्ताबापतको रकम तिरेको छ । शुभश्रीले ३ लाख ५३ हजार रुपैयाँ बुझाएको हो ।
प्राधिकरणले लाइन काटेपछि उक्त रकम बराबरको पहिलो किस्ता तिरेका थिए । यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता तिरिसकेका छन् । जसमा लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ छ भने सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैया कुल बक्यौता छ ।
प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो । प्राधिकरणले लाइन काटेसँगै उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए ।
उच्च सरकारी तहमा भएको समझदारीअनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचार (पुनरवलोकन) मा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरवलोकनको प्रक्रिया नब्युताइँ नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म प्रिमियम महसुलबापत ३५ उद्योगका कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो । लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका यी उद्योगहरूबाट हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण