माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै 'बिगुल', कथा जेनजी आन्दोलनको
सारांश
- फिल्म 'बिगुल' माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।
- फिल्ममा बेनिशा हमाल, नरेन खड्का लगायतका कलाकारको अभिनय रहेको छ र यसमा युवा पुस्ताको आन्दोलनको कथा छ।
- फिल्मको कथाकार तथा निर्माता दिनेश कोइरालाले फिल्म युवा र महिलामा चेतना जगाउने दाबी गरेका छन्।
काठमाडौँ । फिल्म ‘बिगुल’ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्मका केही पोस्टर फर्स्टलुकका रूपमा सार्वजनिक गर्दै मितिबारे जानकारी दिएको हो ।
रमेश कोइरालाको निर्देशन र कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा दिनेश कोइरालाको कथा र निर्माण छ । फिल्मको फर्स्टलुकमा सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन् । दोस्रो पोस्टरमा बेनिशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशित मुद्रामा छन् भने अर्को पोस्टरमा सबै प्रमुख कलाकार अटाएका छन् ।
गत जेठबाट छायांकन थालिएको ‘बिगुल’मा जेनजी पुस्ताले गरेको आन्दोलनबारे कथा राखिएको छ । यद्यपि उक्त आन्दोलनभन्दा चार महिनाअघि नै यसै विषय केन्द्रित भई फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षले जनाएको छ ।
'बिगुल’ मा हामीले उठाएको मूल मुद्दा र पछि जेनजी पुस्ताले उठाएका माग, देश विकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको विषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो फिल्म हामीले जेनजी आन्दोलनप्रति समर्पित गरेका छौँ,’ कथाकार तथा निर्माता दिनेश कोइराला भन्छन्, ‘फिल्मले युवा र महिलामा चेतना जगाई भ्रष्टाचार र विकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको छ । आम नेपालीको समृद्ध र विकसित नयाँ नेपालको चाहनालाई सम्बोधन गरेको छ । जागरणको सन्देशका साथै पर्याप्त मनोरञ्जनलाई समेत ख्याल गरिएको ‘बिगुल’ विश्वभर रहेका नेपालीले हेर्नुपर्छ भनेर आह्वान गर्दछु ।’
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायत कलाकारले अभिनय छ ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत, तारा थापा किम्भेको सम्पादन रहेको फिल्मको सहनिर्मातामा सूर्यकान्त कोइराला र महेश कोइराला छन् ।
काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्सले वितरण गर्ने फिल्मको मोफसल वितरण श्री ब्याङ्केट्स इन्टरटेन्मेन्ट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण