बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले 'नेपालपे कार्ड' जारी गर्ने

सोमबार, १५ मङ्सिर २०८२, १५ : ०७
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका लागि 'नेपालपे कार्ड' जारी गर्ने भएको छ। भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यसहित बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग यस सम्बन्धी रणनीतिक सम्झौता गरेको हो।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै एनआईसी एशिया बैंक नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त एनसीएचएलद्वारा सञ्चालित 'डोमेस्टिक कार्ड स्कीम' अन्तर्गतको नेपालपे कार्ड जारी गर्ने प्रमुख साझेदार बनेको छ। साथै, बैंक नेसनल कार्ड स्वीचमा पूर्ण रूपमा आबद्ध भएको छ।

के सुविधा पाउँछन् ग्राहकले ?
यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नेछ। अब एनआईसी एशिया बैंकका ग्राहकले स्वदेशी कार्डको रूपमा 'नेपालपे कार्ड' प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले यो कार्ड प्रयोग गरी देशभरका कुनै पनि बैंकका एटीएम र पोस मेसिनमार्फत कारोबार गर्न सक्नेछन्। विशेष गरी, यस्ता कारोबारहरू 'राष्ट्रिय शुल्क संरचना' अन्तर्गत रहने सुनिश्चित गरिएको बैंकले जनाएको छ।

बैंकले यस सहकार्यमार्फत ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवा प्रदान गर्दै देशमा डिजिटल बैंकिङ्ग र नगदरहित अर्थतन्त्रको विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप