राक्सिराङ–२ मा स्वास्थ्य चौकी भवनको शिलान्यास
सारांश
- मकवानपुरको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ।
- भवन निर्माणका लागि १ करोड १८ लाख २३ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।
- नयाँ भवन बनेपछि दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह सहज हुने विश्वास छ।
हेटौँडा । मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका वडा नम्बर–२ कुडुलेमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। कुडुलेमा सरिखेत स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक कार्यक्रमबिच विधिपूर्वक उक्त भवनको शिलान्यास गरेका हुन्। गाउँपालिकाको १ करोड १८ लाख २३ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवन साढे एक तलाको हुनेछ। स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय शान्ता कुमारी दर्जी र मिठु नेपालीले ३ रोपनी जग्गा दान गरेका थिए।
६ कोठा रहने सो भवन निर्माणका लागि भरोसा आल्मुनियम एण्ड कन्स्ट्रक्सनसँग सम्झौता भएको अध्यक्ष मल्लले जानकारी दिए। नयाँ भवन निर्माणसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे। सरिखेत स्वास्थ्य चौकीले विशेष गरी वडा नम्बर– १, २ र ३ का नागरिकहरूलाई सेवा प्रवाह गर्दै आएको उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष मल्लले केही समय अघिसम्म सिटामोलजस्ता सामान्य औषधिको पहुँच नभएको पालिकामा अब स्वास्थ्य संरचनाको विकासले गति लिएको बताए। अध्यक्ष मल्लले आफ्नो बाँकी रहेको १८ महिनाको कार्यकालभित्रै भवन निर्माण सम्पन्न गरी थप स्वास्थ्य सेवा विस्तार गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत स्पष्ट पारे।
‘सुत्केरी आमा पोषण कार्यक्रममार्फत स्वास्थ्य चौकीमा आउने सेवाग्राहीको संख्या बढेको छ। अब कच्चा र जीर्ण भवनको साटो नयाँ भवनबाट सेवा दिँदा स्वास्थ्यकर्मीलाई काम गर्न र बिरामीलाई सेवा लिन सहज हुनेछ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण