शुक्रबारदेखि साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने
काठमाडौँ । आगामी शुक्रबार (मंसिर १९) देखि काठमाडौँमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रङ्गशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो ।
प्रतियोगितामा साफसँग आबद्ध पाँच देशका महिला लिग विजेता क्लबहरूको सहभागिता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितीय स्थान हासिल गर्ने दुई टोलीबिच फाइनल खेल हुने उनले बताए ।
त्यस्तै प्रतियोगिताको विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण